काठमाडौं : लोकप्रिय गायक खुमन अधिकारीको ‘टोपी किनेको’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा अधिकारीसंगै रविन लामिछाने, कल्पना दाहाल, रबीना बस्यालको आवाज छ । यस्तै गीतमा प्रकाश पराजुली, प्रितम पोखरेल, जमुना सनम, ज्ञानु परियारको सामूहिक आवाज पनि छ ।
गीतको शब्द रविन लामिछाने लेखेका हुन्, भने गायक अधिकारीले संगीत गरेका हुन् । गीत शिव दर्शन फिल्मको युट्यूबबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा अधिकारी सहित, कल्पना, अर्जुन कुवँर, लोमश शर्मा, धुर्व हिमाली, मान सिंह खड्का नितु कोईराला, आशा थापा लगाएत कलाकार देखिएका छन् ।
भिडियोलाई गायत्री थापाले निर्देशन गरेकी छन भने करन चैसिरले छायाकंन गरेका हुन् ।