शेरबहादुर देउवालाई भेट्न छिमेकी चीन र भारतको दौडधूप !



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न छिमेकी देशका राजदूतहरूले दौडधूप गरेका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै २ छिमेकी देश चीन र भारतका राजदूतहरू काठमाडौंमा सक्रिय भएका छन् । सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्रा काठमाडौंमा सक्रिय भएका छन् ।

संसद बैठक बस्ने भएसँगै नेपालको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्न राजदूतहरूले कांग्रेसका सभापति देउवासँग बूढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका छन् । दुबै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा देउवासँग छलफल गरेको बूढानिलकण्ठ स्रोतले जानकारी दिएको छ ।

यसअघि नयाँ राजनीतिक घटनाक्रमपछि सहकार्य गर्नुपर्छ भन्दै नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बुधवार सभापति देउवा निवास पुगेका थिए । अब राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सभापति देउवातिर सबैको ध्यान केन्द्रित भएको छ ।