‘प्रचण्ड-माधव प्रधानमन्त्री हुनु ‘गोरू ब्याएर बिगौती खान खोजे जस्तो गर्नु हो’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना असंभव रहेको ठोकुवा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रेस सल्लाहकार थापाले प्रचण्ड र माधव प्रधानमन्त्री बन्ने सम्भावना शून्य बराबर रहेको दाबीसमेत गरे । उहाँहरु दुईजना प्रधानमन्त्री हुने कल्पना गर्नु भनेको गोरु ब्याएर बिगौती खान खोजेजस्तै रहेको उनको टिप्पणी छ ।

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व) मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असंभव नै छ’, उनले लेखेका छन्, ‘यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाओैं !’