प्रचण्ड–माधव समूहले जसपासँग सत्ता साझेदारीका विषयमा छलफल गर्दै



काठमाडौं : नेकपाको प्रचण्ड–माधव समूहले आज जनता समाजवादी पार्टी जसपासँग सत्ता साझेदारीको विषयमा छलफल गर्ने तयारी गरेको छ।

छलफलका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले जसपाका नेताहरुलाई केन्द्रिय कार्यलय पेरिसडाँडामा बोलाएको पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

झाकाअनुसार छलफलमा पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो जाँदै छन्। बैठक विहान साढे ९ बजेका लागि तय गरिएको छ। प्रतिनिधिसभा पुनस्र्थापना भइसकेपछि प्रचण्ड–माधव समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तिब्र पारेको छ।

जसपाले पनि राजनीतिक परिस्थति फेरिएसँगै प्रचण्ड–माधव समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ। प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेकोमा हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन्।