सिराहाको लाहानमा नेपाल इन्भेस्टमेन्ट बैंकको ८७औं शाखा स्थापना



काठमाडौँ–नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिकाको वडा नम्बर ८ सिराहामा आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ।

नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरेका हुन्।

लाहान शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पुर्‍याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ।

बैंकले ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ।