अनु अभिनित ‘मादी दोभान’ बोलको गीत सार्वजनिक (भिडियो सहित)



काठमाडौं । मोडल अनु पराजुली अभिनित ‘मादी दोभान’ बोलको गीत सार्वजनिक भएको छ । ईश्वर सिंह र तुलसी घर्ती मगरको आवाजमा रहेको यो गीतमा नायिका तथा मोडल अनु, जिवन शहनी, रविन अधिकारी, निशल अधिकारीले अभिनय गरेका छन् ।

गीत ईश्वर सिंह युट्यूब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । रमेश परियारको शब्द संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । भिडियोको निर्देशन बिनोद भण्डारीले गरेका छन् ।