व्यापारी वैभव रेखीसँग दोस्रो बिहे गर्दै बलिउड अभिनेत्री दिया मिर्जा



बलिउड अभिनेत्री दिया मिर्जाले दोस्रो बिहे गर्ने भएकी छन्। उनले व्यवसायी वैभव रेखीसँग बिहे गर्न लागेकी हुन्।

वेभव र दिया आगामी सोमबार (फ्रेबुअरी १५) विवाह बन्धनमा बाँधिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विवाहमा परिवारका सदस्य र नजिकका साथीहरु मात्रै सहभागी हुने बताइएको छ। उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। वैभव मुम्बईका एक व्यापारी हुन्। उनी मुम्बई बान्द्राको पालीहिल क्षेत्रमा बस्छन्।

दियाको पहिलो विवाह सन् २०१४ मा साहिल सांगासँग भएको थियो। उनीहरु विवाहको पाँच वर्षपछि सन् २०१९ मा छुट्टिएका थिए। त्यतिबेला दियाले सामाजिक सञ्जालमार्फत आफूले साहिलसँग सम्बन्धविच्छेद गरेको जानकारी गराएकी थिइन्।