लोकप्रिय गीत ‘काजल’ एरेन्जर केशव बडूको आवाजमा



कामठमाडौंः लोकप्रिय एरेन्जर केशव बडूको आवाजमा लोकप्रिय गीत काजलको स्लो भर्सज सार्वजनिक भएको छ । यसअघि लोकप्रिय गायक चक्र बमको आवाजमा रहेको उक्त गीत बडूले नै एरेन्ज गरेका थिए । यो गीत निक्कै लोकप्रिय पनि बनेको थियो ।

सार्वजनिक भएको छोटो समयमा नै यो गीत करोड बढि पटक हेरिएको थियो । टिकटक लगाएतका सामाजिक सञ्जालमा यो गीतको निक्कै चर्चा भएको थियो । यससंगै एरेन्जर बडूले उक्त गीतलाई स्लो भर्सनसहित आफ्नो आवाजमा सार्वजनिक गरेका हुन् ।

यो गीत चक्र बम युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा गायक बमको शब्द र संगीत छ । काजलको स्लो भर्सन भिडियोमा केशव बडू, श्रेया बडू, चक्र बम, गीत ढुंगाना, र रेहानिका बडूको अभिनय रहेको छ ।

त्यसअघि गीतमा चक्र र गीताले अभिनय तथा नृत्य गरेका थिए ।