वरिष्ठ संगीतकार उदय शमशेर राणाको ७४ वर्षको उमेरमा निधन



काठमाडौं :  वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन भएको छ। ७४ वर्षको उमेरमा अमेरिकाको सियाटलमा उनको सोमबार निधन भएको हो। राणा नारायणगोपाल र गोपाल योञ्जनका समकालीन संगीतकार हुन्।

उनको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्र, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डेसहितले गीत गाएका छन्। संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।