बादल थापाको ‘के भो र’ मा सनम र आवृतीको प्रेमलिला



काठमाडौंः गायक बादल थापा र गायिका मेलिना मैनालीको आवाजमा के भो र सार्वजनिक भएको छ । मोडल सनम कठायत र आवृती कोइरालाको प्रेमलिला गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको प्रस्तुतिमा रहेको उक्त गीत सार्वजनिक भएसंगै चर्चा बटुल्न थालेको छ । गायक थापाको संगित र र धर्मेन्द्र तिम्सिना क्षितिजको उत्कृष्ट शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा सन्तोष राजबहाकको निर्देशन तथा रामकुमार केसिको छायांकन, टेकेन्द्र शाहको सम्पादन । गीतलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन तथा निर्माण गरेको हो ।