चिरञ्जिवी सापकोटा अभिनीत ‘बहिनी’ २४ घण्टा नपुग्दै ट्रेन्डिङमा



काठमाडौंः चिरञ्जिवी सापकोटा अभिनीत गीत ‘बहिनी’ सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेन्डिङमा परेको छ । एसथ्रिके ईन्टरटेनमेन्टबाट सार्वजनिक भएको उक्त गीत २४ घण्टा अगावै नेपालमा युट्युब ट्रेन्डङको ४३ नम्वरमा पर्न सफल भएको हो ।

गीतमा कलाकार चिरञ्जिवी सापकोटा, सुजल बम, समिक्षा पोखरेल, दिनेश कठायत, अर्जुन बिक लगाएत छन् । एसथ्रीके इन्टरटेन्मेन्टको प्रस्तुतीमा रहेको यो गीत निकै कारुणिक छ । गीतमा बहिनीसँग बिछोडिएका सापकोटालाई वक्षिप्त अवसथामा देख्न सकिन्छ ।

उनकी बहिनीको रुपमा कलाकार बम देखिएकी छन् । १३ मिनेट बढी समयको उक्त भिडियोमा परिवारमा बहिनीसँगको घुलमिलदेखि अन्य विषयलाई समेटिएको छ । भिडियो परिकल्पना तथा शब्द सतिश अधिकारीको रहेको छ ।

स्वर, संगीत तथा एरेन्ज हेमन्त कान्छा रसाइलीको छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुुन् । लामो समय पत्रकारिता गरेका सापकोटा पछिल्लो समय कलाकारितामा बढी सक्रिय देखिन्छन् ।

त्यसपछि उनले अभिनय गरेको ’चिरा प¥या छ’ बोलको गीत लोकप्रिय बनेको थियो । उक्त गीत लामो समयसम्म ट्रेन्डिङमा रहेको थियो ।