‘बाबरी’ मा रियाशा र सलोन (भिडियो)



काठमाडौंः गायक कुन्दन पाठकको आवाजमा नयाँ गीत रिलिज भएको छ।

बुधबार आहा टिभीको अफिसियल युटुब च्यानलबाट रिलिज भएको “बाबरी” बोलको गीतमा कुन्दन पाठकको आवाज रहेको छ।भने टेकेन्द्र नेपालीको शब्द संगीत रहेको छ।

वियोगान्त शैलीमा रहेको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियोमा पछिल्लो समयका लोकप्रिय कलाकार रियाशा दाहाल र सलोन बस्नेत फिचर्ड छन् । भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका छन् ।

उद्धव दाहाले खिचेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।