आईपिएलः पञ्जाबद्वारा बैंगलोर ८ विकेटले पराजित



इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत युएईको शारजाह क्रिकेट स्टेडियममा बिहीबार राति खेलिएको खेलमा किङ्स इलाभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ।

जितका लागि प्राप्त १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै हालिस गरेको हो। केएल राहुल र क्रिस गेलको आक्रामक ब्याटिङका सामु बैंगलोरका बलरहरु निरिह भएका थिए।

यो जितका साथ पञ्जाबले लगातार हारको सिलसिला पनि तोडेको छ। यो खेलसँगै पञ्जाबको अंक बढेर ४ भएको छ, तर पञ्जाब अझै अंक तालिकाको पुछारमा छ।

हारका बाबदुद पनि बैंगलोर भने अंक तालिकामा तेस्रो स्थानमा कायम छ।

पञ्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले। राहुलले ४९ बलमा अविजित रहँदै ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रनको योगदान दिए। गेलले आइपिएलको यो सिजनमा पहिलो खेल खेलेका हुन्। यस्तै मायांक अग्रवालले ४५ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो।