काठमाडौँ – मुलुकका केही स्थानमा शुक्रबार सामान्य वर्षा हुने सम्भावना रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन्।
यस्तै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
शुक्रबार राति प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।
देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेका सूचनामा उल्लेख छ।
अहिले बिहान प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ।
हाल उल्लेखनिय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।