काठमाडौँ– नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा ‘स्याङयोङ्ग फेष्टिभ डिलाइट्’ ल्याएको छ।
यस अफरमा ग्राहकहरुले ३ लाखसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै ग्राहकहरुले आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरेको बापत २ लाखसम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएका छ।
त्यसैगरी कम्पनीले डाक्टरहरू, नर्सहरू, स्वास्थ्यकर्मीहरू र प्रहरीहरुलाई थप १ लाख डिस्काउन्ट दिइने जानकारी दिएको छ।
आईएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी, तीन वर्षसम्म निःशुल्क मर्मत लागत, २५,००० बराबरको निःशुल्क सामान र निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ वर्षसम्म) सुविधा प्रदान गर्ने जनाएको छ। उक्त अफर असोज २८ गतेदेखि कार्तिक २६ गते सम्म मात्र हुने हुने जानकारी दिएको छ।