सुनसरी र चितवनमा थपिए १ सय ८१ जना कोरोना संक्रमित



काठमाडौं । धरान र चितवनमा १ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीको धरानमा थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताका अनुसार एन्फा एकेडेमीमा स्वाव संकलन गरिएका ९३ जना र २९ जना बीपी प्रतिष्ठानमा धरानमा स्वाब संकलन गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो ।

योसँगै धरानमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय १२ पुगेको छ। यसैगरी, चितवनमा थप ५९ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आएको थप नतिजामा ५९ जनामा पोजेटीभ देखिएको हो।

संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिका रहेका छन्। भरतपुरमा १९ जना पुरुष र ११ जना महिलामा कोभिड पोजेटीभ देखिएको हो।