साडा सुदुरपश्चिमको अध्यक्षमा पुष्कर ओझा चयन



काडमाडौंः सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा)को अध्यक्षमा उद्योग बाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा चयन भएका छन् ।

एक कार्यक्रमकाबीच ओझाको नेतृत्वमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को छाता संगठनको रूपमा साडा गठन गरिएको हो । उपाध्यक्षमा साहनवाज आलम, परशुराम चपाइ, गौरब अग्रवाल, महासचिवमा श्याम जोशी, सचिवमा प्रदिप जोशी, कोषाध्यक्षमा अभियान खड्कालाई चयन गरिएको हो ।

त्यस्तै सदस्यहरुमा मसकुर अहमद, श्याम ओझा, प्रेम साउद, राजीब हमाल, महेन्द्र सिंह, समुन्द्र भण्डारी र भुवन भट्ट चयन भएका छन । यसैगरी सल्लाहकार सदस्यमा नबिन जोशी, राजेश भण्डारी र राकेश कर्माचार्यलाई चयन गरिएको अध्यक्ष ओझाले बताए ।

नव गठित पदाधिकारीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले भबिस्यमा धनगढी नगरपालिका क्षेत्रमा अटो भिलेजको स्थापना गरिने बताए ।  उनले यसका लागि डिपिआर समेत तयार भैरहेको बताए ।