चक्र बम र एलिना चौहानको आवाजमा ‘नौगेडी’ सार्वजनिक



काठमाडौः चर्चित गायक तथा मोडेल चक्र बमको नयाँ गीत ‘नौगेडी’ सार्वजनिक भएको छ ।

गीतमा चक्र बम र गायिका एलिना चौहानको स्वर रहेको छ । सोमबार गितको म्युजिक भिडियो गायक चक्र बमको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन ।

म्युजिक भिडियोमा चक्र बमकै सङ्गीत रहेको छ भने  शब्द चक्र बम र टुरिस्ट जङ्ग विकको रहेको छ। एरेन्ज कमल बिक,मिक्सिङ श्यामस्वत रसाइलीले गरेका छन् । म्युजिकको निर्देशन र सम्पादक  टेकेन्द्र शाहले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा बम र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । यसअघि गायक बमले बजारमा ल्याएको काजल गीत दर्शकले अत्यधिक मन पराएका थिए । सो गीत एक करोड ४२ लाखले हेरिसकेका छन् ।