चितवनका ७२ सहित ९२ जना कोरोना संक्रमित थपिए



काठमाडौं : चितवनका दुई वटा प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना कोरोना संक्रमति थपिएका छन्।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्। प्रयोगशालाका अनुसार थपिएका संक्रमितमा चितवनका मात्रै ७२ जना छन्।

नवलपुर र मकवानपुरका ५/५, काठमाडौं,भक्तपुर, नुवाकोट, काभ्रे, गोरखा, लमजुङ, उदयपुर, झापा, सर्लाही र नवलपरासीका एक/एक जनामा संक्रमण पुष्टि भएको सम्बन्धित प्रयोगशालाले जनाएका छन्।