सन्‌राइज बैंकका ग्राहकले भाटभटेनीमा सामान किन्दा ५ प्रतिशत छुट



काठमाडौँ–सन्‌राइज बैंकले चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरेको छ।

बैंकले आफ्नो १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुका लागि असोज २५ देखि कार्तिक ११ गतेसम्मको लागि उक्त योजनाका लागि सहकार्य गरेको हो।

बैंकले योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रतिकारोबार अधिकतम ५ सयसम्म तत्काल छुट पाउने व्यवस्था गरेको हो।