आजका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित



काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

आइतबार दिउँसो २ बजे बस्ने तय भएको बैठक संस्थापक नेता रामबाबु प्रसाईँको निधनको शोकमा स्थगित गरिएको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । ९९ वर्षका नेता प्रसाईँको गएको शुक्रबार उपचारको क्रममा निधन भएको थियो ।

यसअघि अशोज १९ गतेका लागि तय भएको बैठक नेताहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार (२५ गते) का लागि सारिएको थियो । आइतबारको बैठक स्थगित भए पनि अब कहिले बस्ने भन्ने तय भएको छैन ।

कांग्रेसले बैठकमा आउँदो फागुनमा हुने भनिएको महाधिवेशनको मिति सार्ने तथा समसामयिक विषयमा छलफल हुने बताएको थियो ।