कलाकारीतामा सफल बन्दै दिव्यानी, ‘मजुर’ मा देखिईन् ओबीसंग



काठमाडौंः मोडल दिव्यानी ओली अभिनीत म्युजिक भिडियो ‘मजुर’ सार्वजनिक भएको छ । लामो समयदेखि कलाकारितामा सक्रिय मोडल ओली पछिल्लो समय चर्चामा छिन् । ‘मजुर’ मा उनीसंगै ओबी रायमाझी फिचर्ड छन् ।

दाङ स्थायी घर भएकी ओली अहिले काठमाडौंलाई कर्मथलो बनाएर कलाकारीतामा सक्रिय छन् । उनले आजसम्म दर्जनौ गीतमा अभिनय गरिसकेकी छन् । पछिल्लो समय आफ्नो कलाकारीतालाई लिएर सकरात्मक प्रतिक्रिया आईरहेको उनी बताउछिन् ।

‘आजसम्म धेरै जनासंग मिलेर काम गर्ने अवसर पाए, मिहेनत पनि गरिरहेकी छुँ, आफैलाई निखार्दै गैरहेको जस्तो लागिरहेको छ ।’ शैली न्युजसंग ओलीले भनिन् । उनको अभिनयमा केहि समय अघि सार्वजनिक भएको ‘भुपु माया’ बोलको गीत लोकप्रिय बनेको थियो ।

उनि भन्छिन् ‘भुपु माया’ ले पनि मेरो कामलाई थप सफलतामा पुरायो । त्यसपछि सबैको सकरात्मक सुवेक्षा पाईरहेकी छुँ ।’ ‘मजुर’ मा पनि उनले उत्कृष्ठ अभिनय गरेकी छन् । मोहन खड्का, र नीता पुनको आवाज रहेको उक्त गीतमा ओबी र उनी प्रेम जोडीकोरुपमा देखिएका छन् । नेत्र आर्यालको शव्द रहेको गीतको भिडियो बिक्रम चौहनले निर्देशन गरेका हुन् ।