वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त



काठमाडौं :  सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेललाई  नियुक्त गरेको छ।

मन्त्रिपरिषदको बिहीबारको बैठकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रस्तावमा पौडेललाई निगमको महाप्रबन्धक नियुक्त गरिएको हो।  चार वर्षका लागि निगमको महाप्रबन्धक बनाइएका पौडेल यसअघि निगमको सञ्चालक बनाइएको थियो।

यसअघि पौडेल  चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक र ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत थिए।