नेपालमै अत्याधुनिक होलसेल विजनेश कम्प्लेक्स ‘एनबीटीसी’ सञ्चालन



काठमाडौँ – नेपालमै पहिलो पटक सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक होलसेल विजनेश कम्प्लेक्स एनबीटीसी अर्थात नेशनल विजनेश ट्रेड सेन्टर काठमाडौँको कलंकीमा संचालनमा आएको छ।

ग्राहकले काठमाडौँका विभिन्न स्थानमा सामान किनमेल गर्दा आइ पर्ने विभिन्न झमेलाहरुको समाधान गर्ने उद्धेश्यले यो कोरोना महामारीका बीचमा पनि कम्प्लेक्स सञ्चालनमा ल्याएको एनबीटीसीले जनाएको छ।

ग्राहक र व्यवसायीहरुबीच ५ वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्षका आधारमा सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधा सम्पन्न विजनेश कम्प्लेक्स निर्माण गरिएको हो। मध्यम वर्गीय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्धेश्यका साथ यस नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको एनबीटीसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए।

उनका अनुसार काठमाडौँको कलंकी र बल्खुको बीचमा भाटभटेनीको नजिकै रहेको यस विजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सकिने गरी पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामूनि करिव ९ सय वटा पसल सटरहरु रहेका छन्।