गीतकार प्रमीस नाछिरीङको ‘तिम्रो मेरो’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । प्रमीस नाछिरीङ राईको शब्द सृजना रहेको ‘तिम्रो मेरो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पहिलो नेपाल आइडल बुद्ध लामा स्वरमा रहेको गीतमा विश्व अधिकारीले संगीत संयोजन गरेका छन् ।

म्यूजिक भिडियोमा अञ्जु भण्डारी, सुरज पौडेल, राजन कुँवर, सृष्टि गौतम, शैलेश हमाल, रिया शर्मा र आयुषीको धमाकेदार अभिनय रहेको छ । गीतकार राईको यो गीत पेवा डिजिटल युट्यूव च्यानलबाट शनिबार सार्वजनिक भएको हो ।