हंसराज हुलासचन्द एण्ड कम्पनीले ल्यायो एभेन्जर स्ट्रीट १६० एबीएस



काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।

नयाँ एभेन्जर स्ट्रीट १६० स्पोर्टस् डिजाइनमा आएको छ र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको कम्पनीले बताएको छ । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सृजना गर्दछ ।

यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डिलबारहरु पनि छन् । यो १६०सीसी डीटीएस—आई इन्जिनद्वारा संचालित छ जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ ।

यसले ५ -स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ । सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको साथ आउँदछ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएससँगै छन् ।

चालकको आरामको लागि यो लामो स्लङ्ग, लामो सिट र फुटरेस्ट स्थानमा साथ आउँदछ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य रु। ३,१९,९०० मा असोज १५ गतेदेखि देशभर उपलब्ध हुनेछ ।