नेविसंघका नेता नवराज त्रिपाठीसहित ६ जना पक्राउ



काठमाडौँ : नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीसहित ६ जना विद्यार्थी नेता कार्यकर्ता पक्राउ परेका छन्।

साेमबार बिहान चिनियाँ दूतावास विरोध प्रदर्शन गरिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै नेपालस्थित चिनियाँ  दूतावास अगाडि प्रदर्शन गरेका छन्।

त्रिपाठी चिनौँ सिमाना, जोगाऔँ माटो अभियानका संयोजक समेत हुन्। पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, बोगटी, अर्बत खड्का, दीपेन्द्र खड्का रहेको नेविसंघ नेता मनिष सिम्खडाले जानकारी दिए।

चीनले सीमा मिचेको विषयमा स्थलगत रिपोर्ट नआउँदै सरकारले चीनले भूमि मिचेको छैन भन्नुले प्रश्न उठेको उनीहरुले बताएका छन्।