गण्डकीमा फेरि २० जना कोरोना सङ्क्रमित



काठमाडौं । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले  प्रदेशका २ जिल्ला तनहुँ र गोरखाका थप २० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिएको छ।  योसँगै प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या ३ हजार ११ पुगेको छ।

निर्देशनालयका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माका अनुसार थपिएकाहरूमा तनहुँको ऋषिङ गाउँपालिकाको वडा न. ५ का २२, २८ र १९ वर्षका पुरुष, वडा न. ६ की २० वर्षीया महिला, वडा नं. ८ का ५१ वर्षीय पुरुष, वडा नं २ का १८, ५२, २० र २६ वर्ष उमेरका पुरुष, वडा नं ३ की ३८ वर्षीया महिला र वडा नं ४ का २० वर्षीय पुरुष रहेका छन्। यस्तै गोरखाको गोरखा नगरपालिका १३ का २९ वर्षीय महिला र ५२ वर्षीय पुरुष तथा पालुङटार नगरपालिका १ का १४, १३, १९, २५ र १३ वर्ष उमेरका पुरुष तथा १५ वर्षीया महिलामा पनि सङ्क्रमणको पुष्टि भएको छ।

पालुङटारकै वडा नं ६ का ५५ वर्षीय पुरुषमा पनि सङ्क्रमण रहेको पाइएको छ। उनीहरू सबैमा कन्ट्र्याक्ट ट्रेसिङ गर्ने क्रममा सङ्क्रमण रहेको पुष्टि भएको हो। यसअघि सोमबार बिहानै निर्देशनालयले जारी गरेको पहिलो विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिकाका १७ जना र बागलुङको बडिगाड गाउँपालिकाका २ जना गरी १९ जनामा सङ्क्रमणको पुष्टि गरिएको थियो।