पुष्प खड्का र गरिमा शर्मा अभिनित ‘तिम्रै लागि हो भने’ सार्वजनिक



नायक पुष्प खड्का र मोडल गरिमा शर्मा अभिनित ‘तिम्रै लागि हो भने’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक प्रमोद खरेलको आवाज रहेको छ । यो गीतमा नवराज न्यौपानेको शब्द तथा संगीत छ ।

गीतमा गरिमाका लागि पुष्पले फाईट गर्नु परेको देखिन्छ । यूवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा देवेन्द्र पाण्डेको कोरियोग्राफी, निशाल पौडेलको छायांकन, विकास दाहालको सम्पादन छ ।