गायिका साहीमा श्रेष्ठको ‘मेरो एउटा साथी’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । गायिका साहीमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । आहा टिभी बाट सार्वजनिक गरिएको मेरो एउटा साथी बोलको उक्त गीतमा गायिका श्रेष्ठको आवाज छ । गीतमा किरण केसीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा गायिका श्रेष्ठ र संजय राजबिक्रम फिचर्ड छन् । भिडियो निर्देशन सिर्जन बरालले गरेका हुन् ।