‘तिमी यति राम्री किन ?’ मा दुर्गेश थापा र प्राची लामाको उत्कृष्ट अभिनय



काठमाडौं । लोक प्रिय गायिका अन्जु पन्त र चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको तिमी यति राम्री किन ? बोलको गीत सार्वजनिक भएको छ । गित दुर्गेश थापाको युटुव च्यानलबाट आईतबार सार्वजनि गरिएको हो ।

रोशन सिंहको शब्द संगीत रहेको गितमा दुर्गेश थापा र प्राची लामाको अभिनय रहेको छ । भिडियोको निर्देशन शिव बिकले गरेका छन् । गित निकै राम्रो बनेको र दर्शक स्रोताको मन जित्ने दावी निर्माण पक्षको छ ।