नायिका एलीजा गौतमका हातमा ‘ब्याक टु ब्याक’ म्युजिक भिडियो



नयिका एलिजा गौतमको एक पछि अर्को गीत सार्वजनिक भैरहेका छन् ।

एक साताको अवधीमा मात्रै एलिजाका ३ वटा गीत सार्वजनिक भैसकेका छन् । यसअघि नायक पुष्प खड्कासंग अभिनय गरेको ‘म सास बन्न पाए’ बोलको गीत सार्वजनिक भएको केहि दिनमै गौतमले अभिनय गरेको ‘आटो पिठो’ गीत सार्वजनिक भएको थियो ।

उक्त गीतमा नायिका एलिजासंगै पल शाहको अभिनय थियो । यसको लगत्तै नायक पल शाहसंगै ‘धानै कुट्ने ढिक्की’ सार्वजनिक भएको छ । यो गीत आजै मात्रै सार्वजनिक भएको हो । गीतको भिडिओ ‘पवन वली’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा चर्चित लोक गायिका विष्णु माझी र गायक पवन वलीको स्वर छ । गायक वलीले नै गीतको शव्द लेख्नु भएको हो । म्युजिक भिडियोमा शिब बि.क.को कोरियोग्राफी र निर्देशन रहेको छ । त्यसअघि उनको गायक तथा मोडल दुर्गेश थापासंग अभिनय रहेको आधी कपाल पनि सार्वजनिक भएको थियो ।