‘मुना’ले पायो सार्वजनिक भएको केहि घण्टामै डेढ लाख बढि भ्युअर्स



गायक तथा संगीतकार राजेन्द्र भट्ट मिस्टर आरजेको ‘मुना’ बोलको गति सार्वजनिक भएको छ । गीत एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । राज खुम्बु, सुजाता बर्माको स्वर रहेको छ भने गीतमा राजेन्द्रले र्याप भरेका छन् । नवराज कलौनीको शव्द रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ । गीतमा नायक नाजिर हुसेन, नायिका स्वस्तीमा खड्का, र मोडल रियासा दाहालको डान्स तथा अभिनय रहेको छ । गीतमा राजेन्द्र लगाएत अन्य कलाकारलाई पनि देख्न सकिन्छ । गीत निक्कै राम्रो बनेको निर्माणपक्षको दावी छ । यो गीत सार्वजनिक भएको केहि घण्टामै डेढ लाख बढि भ्युज पाएको छ ।