सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार चार सय कायम



काठमाडौँ–सुनको मूल्यमा शुक्रबार पनि सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।