आफ्नो जन्मदिनमा पत्रकार बीसीले गरे पीडितलाई सहयोग



काठमाडौं : अछामका पत्रकार धर्मेन्द्र बीसीले आफ्नो जन्मदिनमा बाढी पीडित र दुबै मृगौला फेल भएर उपचार गराई रहेका पत्रकारलाई आर्थिक सहयोग गरेका छन्।

रेडियो हाम्रो जाल्पाका कार्यकारी निर्देशक बीसीले रामारोशनका बाढी पिडित र दुवै मृगौला फेल भएर उपचारार्थ रहेका पत्रकार ध्रुब बीसीको उपचारका लागि आर्थिक सहयोग गर्दै जन्म दिन मनाएका हुन्।

उनले बाढी पीडितका लागि ३ हजार र दुबै मृगौला फेल भएर उपचारार्थ रहेका पत्रकार ध्रुव बीसीलाई ५ हजार सहयोग गरेका हुन्। फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा सामाजिक कार्य गर्नु उत्तम भएको भन्दै उनले अप्ठेरोमा परेकालाई सहयोग गरेर जन्म दिन मनाउने सोचेको बताए।

बीसीले समाजमा सकरात्मक सन्देश दिन र दु:खमा परेकाहरुलाई केहि सहयोग गर्ने भावले आफ्नो जन्मदिनको अवसरमा परोपकारी काम गरेको बताए। साथै उनले सामाजिक कार्यमा समाजका हरेक व्यक्ती अग्रसर हुनुपर्ने भन्दै त्यस तर्फ लाग्न समेत आग्रह गरे।