कोरोना भाइरसको संक्रमणका कारण पर्सामा थप दुईजनाको मृत्यु



वीरगञ्ज – पर्सामा कोरोना भाइरसको संक्रमणका कारण थप दुईजना पुरुषको मृत्यु भएको छ । वीरगञ्ज–१४ बहुवरीका ६२ वर्षका व्यक्ति र धोबिनी गाउँपालिका–३ गुलरिया टोलका ७० वर्षका व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

बहुवरीका पुरुषको बिहीबार बिहान उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको डा. चौरसियाले बताए । उनी गत साउन ३० गते उपचारका लागि कोरोना अस्पतालमा भर्ना भएका थिए । उनमा निमोनिया समेत देखिएको थियो ।

यस्तै धोबिनिका पुरुषको बुधबार बेलुकी उपचारको क्रममा नारायणी अस्पतालमा ज्यान गएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती व्यक्तिलाई भदौ ८ गते अस्पताल भर्ना गरिएको थियोे ।