रिलायन्सको साधारण शेयरका लागि ३.८५ गुणा बढी आवेदन



काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्सले जारी गरेको साधारण शेयरका लागि निष्काशन गरेको धितोपत्र भन्दा झण्डै चार गुणा बढी आवेदन परेको छ ।

कम्पनीले भदौ ४ देखि ८ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरेको रु. १०० अंकित दरका ६३,००,००० कित्ता साधारण शेयरमा इच्छुक करिब ६०९,००० लगानीकर्ताबाट आवेदन आएको हो ।

नेपालको पुँजी बजारकै इतिहासमा प्रारम्भिक शेयर निष्काशनमा सर्वाधिक आवेदन प्राप्त भई निष्काशन गरेको धितोपत्रको ३.८५ गुणाका लागि आवेदन पर्न गएको कम्पनीले जनाएको छ ।

आफूहरुमाथि गरेको विश्वासको लागि सम्पूर्ण लगानीकर्तामा आभारी रहेको कम्पनीले जनाएको छ।