पत्याउनु हुन्छ ? भारतमा ८ रुपैयाँमा एक तोला सुन किन्न सकिनेछ!



काठमाडौँ ।  पछिल्लो समय नेपालमा सुनको भाउले आकाश छोएको छ। एक तोला सुन खरिद गर्न लाख रुपैयाँ खर्च गर्नु पर्ने भएको छ। यस्तो अवस्थामा साधरण मानिसलाई सुन खरिद गर्नु भनेको कल्पना हुन पुगेको छ।

तर, भारतमा सुन खरिद गर्ने मानिसले जम्मा ८ रुपैयाँ नेपाली रुपैयाँमा सुन खरिद गर्न सक्ने भएका छन्। यो कुरा हर कसैलाई पत्याउन कठिन हुन्छ। तर, भारतमा विश्वकै सबैभन्दा ठूलो अनलाइन खरिद साइड अमेजनले यस्तो सुविधा ल्याएको हो। अमेजनले आफ्नो ग्राहकलाई नेपाली ८ रुपैयाँमा नै सुन खरिद गर्न सक्ने व्यवस्था गरेको हो। यसमा ग्राहकले डिजिटल सुन किन्न सकिने भएका हुन्।

अमेजन पेले यस सुविधालाई सुनको सुरक्षा नाम दिएको छ। यसमा ग्राहकले ८ रुपैयाँमा २४ क्यारेटको एक तोला सुन खरिद गर्न सक्दछन्। यसका लागि ग्राहकले पेटीएम, फोन पे, गूगल पे, एक्सिस बैंकलगायत विभिन्न माध्यमबाट डिजिटल पेमेण्टमार्फत सुन खरिद गर्न सक्दछन्। एजेन्सी