पर्सा र बारामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरि ७० जनामा कोरोना पुष्टि



वीरगन्ज- सुरक्षाकर्मी र स्वाथ्यकर्मीसहित पर्सा र बारा गरि थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पीसीआर परिक्षणमा २२ जना महिला र ४८ जना पुरुष गरि ७० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा पर्साका ६५ जना र बाराका ५ जनासहित ७० जना रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

उनका अनुसार संक्रमित हुनेहरुमा ५ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धासम्म रहेका छन्। संक्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका १ जना रहेका छन भने बारा निजगढका एक जना शस्त्र प्रहरीमा पनि संक्रमण् पुष्टि भएको छ।

संक्रमित पुष्टि भएकामध्ये नेशनल मेडिकल कलेजका २ जना डाक्टर पनि छन् । नारायणी अस्पतालका कर्मचारी पनि छन् । यस्तै अपस्तालको क्वारेन्टिनमा रहेका ३ जना, वीरगन्ज माईस्थानका ३ जना र वीरगन्ज बिर्ताका ८६ वर्षीय वृद्धसहित ९ र छपकैयाका ५ जना रहेका छन् ।

त्यसैगरी संक्रमित हुनेमा धेरै जसो वीरगन्जको आदर्शनगर, रामटोल, मुर्लि, रेशमकोठी, भिषुवा, लिंकरोड घण्टाघरलगायतका क्षेत्रका बासिन्दा रहेका छन् भने पर्साको धोबिनी गाउँपालिका ३ का १ जना र जगरनाथपुर गाउँपालिकाक २ जना रहेका छन् ।