महिला हिंसा कहिलेसम्म ?



सिर्जना लामा । सामान्य अर्थमा महिला हिंसा भनेको महिला माथि गरिने बिभिन्न किसिमका अमानबिय क्रियाकलाप, हत्या, हिंसा, बलत्कार, ठगी, एसिड आक्रमण, मानब बेचबिखन जस्ता कार्यलाइ महिला हिंसा भनिन्छ । वि.स. २००७ सालमा देशमा प्रजातन्त्रको आगमन भई शिक्षाप्रति राज्यभर जनताको सरोकार एंव शिक्षाप्रति प्रत्येक नागरिकमा जनचेतनाको समेत विकास भएको पाइन्छ ।

प्रजातान्त्रिक सरकारले शिक्षालाई आम जनताहरुको आधारभूत तथा नैंसर्गिक अधिकारको रुपमा स्थापित गरेकै कारण २००७ सालपछि देशका विद्यालयहरु खुल्ने क्रम तिब्र रुपमा अगाडि बढेको र शिक्षाको गुणात्मक एंव पमिाणात्मक विकासका लागि व्यवस्थित प्रयासहरु थालनी गरिएको पाइन्छ । शिक्षा विकासको क्रममा २०६२/६३ को जनआन्दोलन पश्चात शिक्षा विकासमा व्यापक विस्तार भएको छ ।

सुविधाबिहिन, सिमान्तकृत र लैङ्गिक रुपमा सान्दर्भिक हुने खालका पाठ्यक्रम निमार्णमा जोड दिएको छ । शिक्षा प्राप्त गर्ने कार्यमा महिलालाइ पछाडी नपारी मुलधारमा ल्याउनुपर्ने कुरालाई अगाडि सारिएको छ । महिलाले गरेका विभिन्न उदाहरणीय क्रियाकलाप पाठयक्रममा समावेश गर्ने र विद्यालयमा तहमा अनीवार्य महिला शिक्षकको पनि व्यवस्था सरकारले गरेको छ ।

यसक्रममा शिक्षा आर्जन गर्ने पाठ्यपुस्तक लैङ्गिक रुपमा सान्दर्भिक छन् वा छैनन्, समस्याको विषय बन्न पुगेको छ । जब एउटा शिशुको जन्म हुन्छ उसले प्रकृतिप्रदत्त सम्पूर्ण अधिकारहरु पनि लिएर आएको हुन्छ । पुरुष र महिला दुवै उहि विकास प्रक्रियाबाट गुज्रिनु पर्दछ । उनीहरुले समान रुपमा मानसिक क्षमता पाएका हुन्छन् । तर बच्चाको हुर्काइ सँगसँगै उसको मस्तिष्कमा लैङ्गिक अंगहरुको ज्ञान उसलाई परिवार र समाजवाट प्राप्त हुन जान्छ ।

सानो हुँदा बालकलाई खेल्न सिकाइन्छ । बाल्यवास्थादेखि नै पुरुषलाई उसका कर्तव्य जिम्मेवारीहरुको बारेमा सिकाइन्छ ताकि उसले सामाजिक व्यवहारहरु राम्ररी सु–सम्पन्न गर्ने सन्दर्भमा पोख्त हुदै जाओस तर महिलालाई भने घरका कामहरु मात्र गर्न सिकाइन्छ । हाम्रो समाज छोरा पाउने मोह परिवार, समाजमा अझै पनीे ब्याप्त रहेको पाइन्छ । जहाँ धेरैको सँख्यामा छोरी जन्मीँदा पनि छोराको आस गरीराख्ने र छोराको रहरै रहरमा बाँच्ने कुप्रथा ब्याप्त छ ।

हाम्रो समाजमा छोरा र छोरीबिचमा भेदभाव गरी छोरालाई स्कुलमा छोरीलाइ घरका काममा, स्कुलमै पठाउन परेपनि छोरालाई बोडिङ स्कुल र छोरीलाई सामान्य सरकारी स्कुलमा पढाउनेले पनि छोरा र छोरीबिचको विभेदको स्पष्ट सँकेत गर्दछ । बाल्यकालदेखि नै महिलाहरु दविएको सामाजिक संरचना तथा यस अन्र्तगतका मूल्य र मान्यताहरुमा देखिदै आएका छन् ।

जसले उनीहरुको मानसपटलमा दुर्वलताको भ्रमको बिज रोपण गरिन्छ, उनीहरुको मानसिक क्षमतालाई कमजोर बनाइन्छ र त्यसैबाट महिला हिंसा प्रत्यक्ष वा अप्रत्यक्ष सुरुवात हुन्छ । ढिलो विवाह गर्ने महिलाहरुको आफ्नै पेशा हुने र बढी स्वतन्त्र हुने गर्दछन् । विश्वभरी नै महिलाहरु धेरै कुराबाट बञ्चित हुने गर्दछन् जुन जन्म अघि देखिनै हुने गर्दछन् ।

जसमा गर्भावस्थामै लैङ्गिक छनोट गर्न गरिने गर्भपतन, शिशु अवस्थामा गरिने हत्या जस्ता कार्यलाई महिला हिंसा भन्निछ । परिणाम स्वरुप पुरुष र महिला बीच असमानता हुनु मुख्य सामाजिक समस्या बन्न पुगेको छ । लैङ्गिक सन्दर्भलाई केवल हाम्रो देशको आधा जनसंख्याको हितको साँघुरो दायराबाट नहेरेरै सम्पूर्ण विश्वमै समानताको दृष्टिले हेरिनु पर्दछन् ।

महिला सशक्तिकरण केवल महिला मात्रको मुद्दा नभएर प्रत्येक व्यक्तिसँग सम्बन्धित कुरा हो । जव एउटा महिला माथि दुव्र्यवहार वा शोषण गरिन्छ, सम्पूर्ण मानव सभ्यता नै कलङ्कित हुन्छ । जव एउटा महिलालाई पीडीत बनाइन्छ, सम्पूर्ण मानवता नै उत्पिडित हुन्छ । यो हाम्रै स्वविबेकले निर्धारित हुने कुरो हो की हामी यस्ता दुरवस्थाहरुको बारेमा आवाज विहीनलाई आवाज दिऔं र एक्काइसौ शताब्दीमा सबैखाले परिर्वतन गरी महिलामाथिका सबैखाले हिंसा अन्त्य गर्न जरुरी देखिन्छ । नेपालको संबिधानले पनि अंश र बंशको अधिकार महिलालाइ दिएको छ ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत समानताको हकमा कुनै पनि नागरिकलाई जाति, धर्म, वर्ण र लिङ्गको आधारमा भेदभाव गरिने छैन भन्ने व्यवस्था भए पनि व्यवहारमा लागु भएको पाइदैन ।

नेपाली समाजमा रहेका महिला सम्बन्धी विभिन्न समस्या समाधानका लागि कानुन र व्यवहारमा एकरूपता ल्याउनु पर्ने आवस्यकता छ । समस्या समाधानका लागि मुलत कानुनमा संशोधन गर्नु पर्छ तर त्यस्ता कानुनबाट मात्र महिलाहरूको हक अधिकारको रक्षा हुन्छ भन्ने कुरामा ढुक्क हुन सकिन्न । महिलासँग सम्बन्धित हिंसा हुँदा महिला स्वयमले नै चुपचाप सहने गरेका छन । महिलालाई समाजले हेर्ने दृष्टिकोण नराम्रो भएको हुनाले आफुमाथि जतिसुकै अन्याय भएपनि सकभर त्यस्ता कुरा महिला सार्वजनिक गर्न चाहादैनन । हाम्रो मात्रै होइन विश्वका धेरैजसो देशमा यस्तो अवस्था कायमै रहेको पाइन्छ ।

महिला सबैभन्दा पीडित त घरेलु हिंसाबाट छन् । घरेलु हिंसा सबैभन्दा बढी अशिक्षित नागरिक भन्दा बढी शिक्षित व्यक्तिबाट भएको तथ्याङ्कले देखाएको छ । पुरुष भन्दा शारीरिक रूपमा कमजोर भएका कारण पनि विभिन्न घरेलु हिंसाको सिकार बन्नु पर्छ । महिलालाई दाइजो, मादक पदार्थ, जुवातास, श्रीमानले परस्त्री राख्ने, बाल विवाह, बहुविवाह आदि नै घरेलु हिंसाको प्रमुख कारण हुन् । महिला वेचविखन नियन्त्रण भएको अवस्थामा पछिल्लो समयमा महिलालाई असुरक्षित रूपमा विदेशमा काम गर्न पठाउने प्रकृति बढेको छ । आर्थिक प्रलोभनमा पारि आफ्नै छोरी, श्रीमति लगायतछरछिमेकका दिदी बहिनीलाई विदेशमा लगि वेचविखन गरि नरकीय जीवन विताउन बाध्य पारिएका छन् ।

यस्ता गैरकानुनी कार्य गर्नेलाई हदैसम्मको सजाय दिनुपर्ने हो । तर कार्वाही नाम मात्रैको हुन पुगेको देखिन्छ । मानव वेचविखन जस्तो जघन्य अपराधको लागि जनचेतना बढाउनु पर्छ र कडा भन्दा कडा कार्वाही हुन जरुरी देखिन्छ । यस्ता कार्यलाई निरुत्साहित गर्न राज्यले विशेष भूमिका खेल्न पर्छ ।

आन्तरिक रोजगारी र शिक्षाको अवसर पर्याप्त मात्रामा दिनु पर्छ । आर्थिक रूपमा सक्षम बनाउनु पर्छ । महिला विरुद्द भेदभावको कानुन, विद्यमान संयन्त्रको प्रयोग नहुनु, सीमित क्षेत्रमा मात्रै विशेष व्यवस्था, समानताको सिद्धान्तको अवधारणाको स्पस्टताको अभाव, विभेदित स्थितिको मूलकारण औल्याउन नसकिएको र निर्णायक तहमा न्युन महिला सहभागिता नै नेपाली महिलाको समस्या हुन् । महिला साक्षरता पुरुषको तुलनामा न्युन रहेको वर्तमान परिपेक्षमा उनिहरू सम्पति लगायत अरु अधिकारबाट बन्चित रहनु परेको छ ।

लक्ष्य

नेपाली सामाजिक परिवेश, ऐतिसाहिक परम्परा, आर्थिक निर्भता जस्ता कारणलाई टाढा ‍महिला पुरुष सरह अधिकार र उपभोग गरी विद्यमान परम्परा, सामाजिक रितिरिवाज, मूल्य मान्यतामा परिव्रतन ल्याइ महिला मैत्री समाज बनाउदै नेपाली महिलाले आफुलाई प्राप्त संवैधानिक अधिकारको उपभोग गरी राष्ट्रिय विकासमा सहभागि हुन सचेतना पूर्वक सक्रिय हुने छन् ।

उद्देश्य

१.आर्थिक समृद्दी र दिगो विकासका लागि महिलाको समान अवसर र नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत साधन, अवसर तथा लाभमा महिलाको समान पहुँच सुनिश्चित गर्ने

२. लैङ्गिक उत्तरदायी शासन व्यवस्थालाई संस्थागत गर्दै महिलाको सम्मानित जीवनयापनको वातावरण सुनिश्चित गर्ने

३.महिला विरुद्द हुने सबै खालको भेदभाव, हिंसा र शोषणको अन्त्य गर्ने

४. महिला हिंसाको अवस्था पत्ता लगाउनु ।

५. महिला हिंसा हुनुका कारणहरु पत्ता लगाउनु ।

६. महिलाा हिंसालाई न्युनीकरण गर्ने उपायहरु पत्ता लगाउनु ।

महिला हिंसाको मापन-अवस्था
प्रत्यक्ष वा अप्रत्यक्ष महिला हिंसाको मापन गर्न कठिन भएता पनि मानिसले आफ्नो घर परिवार तथा छरछिमेकबाट नै महिला हिंसा सुरुवात भएको पाईन्छ तर महिला शिक्षित, रोजगारीमा आसन्न वर्तमान समसामयिक बुझेकी महिलाहरुमा महिला हिंसा कम भएको पाईन्छ ।

यसबाट के बुझ्न सकिन्छ भने महिलामाथिको हिंसा अन्त्य गर्नको निम्ति गुणस्तरीय शिक्षा अपरिहार्य ठानिन्छ । कुनै पनि महिलाले आफ्नो लक्ष्य, उद्धेश्य र भावी सोच प्रस्ट नभए सम्म यो पितृसतात्मक समाजमा पुरुष सदैब हावी भैरहने र महिलाहरु सधै पुरुषको नियन्त्रणमा बस्नुपर्ने बाध्यता हटाउन सकिदैन ।

हाम्रो समाजमा महिला हिंसा दिन प्रति दिन घटीरहेको अवस्था छ । महिला हिंसा सम्बन्धी मुद्धा दैनिक रुपमा प्रहरी चौकी तथा अदालत आइरहेको अहिले पनि विद्यमान नै छ । महिला हिंसा सम्बन्धित घटेको घटनालाई तथ्याङ्कको रुपमा प्रस्तुत गर्न नसके ता पनि दैनिक रुपमा अनगिन्ती घटनाहरु विभिन्न नेट, इन्टर नेट,पत्र पत्रिका, समाचार तथा विभिन्न सामाजिक सञ्जालको माध्यमबाट थाहा पाइरहेको छ ।

समस्या

अवसरका दृष्टिले हेर्दा महिलाको स्थिति निकै दयनिय छ । नेपाली समाज पितृसत्तात्मक सोचमा नहेरर यहाँ लैङ्गिक असमानता जहाँ महिलाहरुको रोजगारी, मतदानको अधिकार, सवारी साधनमा पहुँच, विदेश यात्राका व्रmममा असमान ज्याला, महिलालाई हेर्ने खराव दृष्टिकोण आदि समस्या विद्यमान छन ।

आजको समाज उत्तर आधुनिकिकरणमा अझ पनि अशिक्षा, अज्ञानता तथा गरिबीको कारण नेपाली समाजमा लैङ्गिक असमानता विद्यमान छ । नेपालमा छोरीलाई अझै पनि दोस्रो दर्जामा राख्ने प्रचलनले गर्दा शिक्षा लिनबाट बञ्चित छन् । जसको कारण महिलाहरु आफ्नो अधिकारबाट विमुख रहनु परेको छ ।

मरेपछि छोराले क्रिया नगरेसम्म नरकमा बाँस हुन्छ भन्ने कुसंस्कारका कारण पनि छोरीप्रति अभिभावकको नकारात्मक दृष्टिकोण नै पाइन्छ त्यो पनि एक प्रकारको महिला हिन्सां हो । पुरुषको सेवा गर्नु बच्चा जन्माउनु, घर धन्दा गर्नु आदि काम मात्र महिलाले गर्नुपर्छ भन्ने सोचका कारण महिला हिंसा सिर्जना भएको छ ।

जसले गर्दा अहिलेको समयमा पनि नेपालका अधिकांश महिलाहरु शिक्षाको उज्यालोबाट बञ्चित रहनु परेको छ । शिक्षाको माध्यमबाट नेपाली महिलाहरुलाई आफ्नो हक, अधिकार कतव्र्य प्रति सचेत गराई लैङ्गिक हिंसा हटाई न्याय दिलाउन हाम्रो कर्तव्य हो । यो कुरा नेपालको संबिधान २०७२ मा पनि उल्लेख गरेको पाइन्छ ।

मानव समाजको निर्माण महिला बिना कल्पना गर्न सकिदैन । महिला र पुरुषलाई एक सिक्काको दुई पाटा हुन भनिन्छ तर पनि विविध कारणबाट महिलाहरुमाथि दमन शोषण हुने गरेको पाईन्छ । पुरुषले मात्र नभएर महिलाहरुले पनि महिलामाथि अत्याचार गरिरहेको पाईन्छ ।

यस्ता हिंसा तथा अत्याचारको कारण पत्ता लगाई महिला हिंसाको अन्त्य गर्नु आवश्यक छ । महिलाहरुलाई गर्भावस्था देखी मृत्यु नहुन्जेल सम्मको अवस्थामा महिला भएकै कारण हुने विभिन्न विभेदपुर्ण व्यवहार, शोषण, शारीरिक, मानसिक तथा हिंसा सहन बाध्य भएका छन् । तसर्थ महिलामाथी हुने गरेको यस प्रकारको हिंसा रोक्न विशेष जोड दिनु आवश्यक छ । यसका लागि महिला हिंसा के कारणले भैरहेको छ सो कारण पहिल्याई समाधानको बाटोमा पुग्न सहज हुनेछ।

सबल पक्ष

नेपालको संविधानले महिला पुरुष विभेद नगरी समान अधिकार प्रदान गरेको छ । नेपाली इतिहासमै पहिलो पटक महिला राष्टपति, महिला सभामुख, महिला प्रधानान्यायाधीश नियुक्त हुनु सकरात्मक विषय हो । २०७३ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडा पालिकादेखि गाउँ नगरसम्म महिलाहरूलाई निर्वाचनमा भाग लिन संविधानमा अनिवार्य व्यवस्था गरेर काम गरिरहेको अवस्था छ।

१.विश्वमा व्यव्थापिका संसदमा महिला प्रतिनिधित्व हुने देशका स्थानमा अमेरिका, क्यानडालाई पछि पार्दै नेपाल ४८ औँ स्थानमा रहेको छ ।

२.गाउँपालिका र नगरपालिकाको प्रत्येक वडाबाट कम्तिमा २ जना महिलाको प्रतिनिधित्व हुने गरी गाउँ सभा र नगर सभाको गठन हुने।

३.गाउँपालिकामा ४ जना तथा नगरपालिकामा ५ जना महिला सदस्य हुने।

४. जिससमा कम्तिमा ३ जना संघीय संसद र प्रदेश सभामा निर्वाचित हुने कुल सदस्यको कम्तिमा एक तिहाइ महिला सदसय हुने।

५. प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्य एक जना रराष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्य एक जना महिला।

६. स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्यमा एक जना महिला।

चुनौति

घरेलु हिंसा र चेलिवेटी वेरविखनको समस्या मात्रै होइन । शैक्षिक, आर्थिक, राजनीतिक, धार्मिक कानुनी क्षेत्रमा पनि महिला समस्या ग्रस्त छन् । एउटैकुरा पुरुषले गर्दा समाजका लागि पाच्य हुने तर महिलाले गर्दा अपराध ठानिएको छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रमा पुरुषले प्रभुत्व जमाइरहेको हुनाले महिलामाथि भेदभाव हुने गरेको छ ।

विरोधी

१. पितृ सतात्मक सोच।

२. पुरुषहरू।

महिला हिंसाको विषयमा वकालत गरिरहँदा केहीले सहयोग गर्छन भने केही विरोध गर्नेहरूलाई पनि आफ्नो सहयोगी बनाउनु पर्ने हुनछ ।

मित्र

. राष्ट्रिय महिला आयोग

२. समाज कल्याण परिषद्

३. महिला विकास विभाग

४. महिला विकास कार्यालय

५.महिला आवाज परिवर्तक

६. महिला अधिकारकर्मी

७.अन्तरपार्टी महिला सञ्जाल

महिला हिंसाको प्रमुख कारणहरु

महिला हिंसा हुनुका कारणहरु निम्नानुसार हुन सक्दछन् ।

.अशिक्षा

२. बेरोजगारी

३. अन्धविश्वास

४.कुरिति

५.कुसंस्कार

६.रुढीबादी परम्पराको विश्वास

७.कानुनको कार्यन्वयन नहुनु ।

८.सरकारी तथा गैरसरकारी सघं सस्थाको कार्यक्रम महिला केन्दृत नहुनु ।

९. महिलाको नेतृत्वलाई प्राथमिकता नदिनु ।

१०. समाजमा महिलालाई तल्लो दर्जाको रुपमा सोच्नु ।

११. पुरुष प्रधान समाज

१२. सामाजिक कारण

१३. महिलाले महिलाा माथि थिचोमिचो हुनु ।

१४.प्राकृतिक कारण

महिला पुरुष बीच हुने भेदभाव हटाउन महिला र पुरुष दुबै समान भन्ने अवधारणालाई राज्यले आफ्नो नीतिमा समावेश गरी कडाईका साथ लागु गर्नु पर्छ । महिलाले समानताको सदुपयोग गर्न सक्ने अवस्थामा हरेक क्षेत्रमा आरक्षण मार्फत संरक्षित गर्ने नीति राज्यले लिनु पर्छ । विभिन्न समयमा गरिएका महिलासँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्झौता, वडापत्रमा गरिएका व्यवस्थालाई अक्षरंस पालना गरिनुपर्छ ।

लामा रसुवाको नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष हुन् ।