प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना पुष्टि



जनकपुरधाम स् प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बुधवार साँझ आएको रिपोर्टमा मन्त्री यादवको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ। मन्त्री यादवलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको छ।

यस्तै उनकै मन्त्रालयका अन्य सात जनामा पनि कोरोना संक्रमण देखिएको छ। तिमध्ये एक ४२ वर्षीया महिला छिन्।

संक्रमित कर्मचारीहरु २८ देखि ५२ वर्ष उमेर समुहका छन्। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदका ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ।