रेखा जोशीको आवाज रहेको ‘लगाउला रेगडो’ मा कुवेर र पुजा



गायिका रेखा जोशीको आवाजमा रहेको नयाँ देउडा गीत सार्वजनिक भएको छ । ‘लगाउला रेगडो’ बोलको देउडा गीत सुदूरपश्चि देउडा नामक युट्युब चयानल मार्फत सार्वजनिक गरिएको हो । संसार धामीले गीतमा गायिका जोशीलाई साथ दिएका छन् ।

के एस सोनीको शब्द संगीत रहेको गीतमा सुदूरपश्चिमको देउडा संस्कृती, र युवा–युवतीबिचको माया प्रेमको बिषय उल्लेख छ । गीतमा कुवेर बोहोरा र पुजा पाठकको अभिनय रहेको छ । भिडियोको निर्देशन शुरेन्द्र संगले गरेका छन् ।