हात खुट्टा किन झमझमाउछ वा निदाउँछ ? हात खुट्टा झमझमाउदा वा निदाउँदा के समस्या हुन्छ ? हात खुट्टा के कारण ले झमझामाउछन् ? वा निदाउँछन्, भन्ने विषयमा अति नै महत्वपूर्ण जानकारी प्रस्तुत गरिएको छ ।
हाम्रो हात खुट्टा कहिले काँही चेतना बिहिन भएको हामीलाइ थाहा छ । हाम्रो हातमा भन्दा बढी खुट्टा मा यस्तो समस्या हुने गरेको पाइन्छ । मस्तिस्क ले सो अंग मार्फत रगत संचालन कमि भइ सूचना पाउन नसकेर हाम्रो हात खुट्टा चेतना बिहिन बनेको हुन्छ र झमझम गरेको हुन्छ । त्यतिबेला हाम्रो हात ,खुट्टा ले केही थाहा पाउदैन । घोच्दा पनि दुख्दैन । किनकि हाम्रो मस्तिस्कले त्यो अंगको सूचना पाउन सकेको हुदैंन ।
शरीरको सबै अंग वा शरीर को कुनै पनि भागको सुचना मस्तिस्क मा पुगेपछी हामिलाइ दुखेको,पोलेको वा स्पर्स भएको थाहा हुने गर्दछ । शरीरमा अङगहरू चेतना बिहिन हुने समस्यालाई हामी निदाएको वा झमझमाएको भन्छौं ।
खुट्टा निदायो, हात निदायो भन्छौं । तर किन निदाउँछन् भन्ने बारेमा हामिले कमै मात्रामा बुझेको हुन्छौं । कहिले काँही बस्न अफ्ट्यारो भएको कारण ले गर्दा खुट्टा निदाउनु सामान्य हो । तर सधैं जुनसुकै समयमा पनि हात खुट्टा निदाइरहने गर्छ भने शरीरमा केहि न केही समस्या छ भनेर बुझ्नु पर्दछ । त्यसपछि चाडैं नै डाक्टर कहाँ गइ जचाउनु पर्दछ ।
हात खुट्टा निदाउने कारणहरु धेरै रहेका हुन्छन् । कसैको बसाइ नमिलेर, एकै ठाउँमा उभिरहे, भिटामिन को कमि को कारण, हड्डी खिएर, नसा च्यापिएर, नसामा दबाब परेर पनि हुने गर्दछ । विशेष गरि सुतिरहेको को समयमा यस्तो हुन्छ । बसिरहेको समय मा पनि यस्तो हुन्छ । कोहि कोही सुत्ने क्रममा हातलाई जिउले थिचेर घोप्टो परेर निदाउँछन् र बिउँझदा हात चल्नै नसक्ने अवस्था मा रहेको हुन्छ र त्यसलाई चलाउन अर्को हात ले उठाउनु पर्ने पनि हुन्छ । यस्तो हुने कारण भनेको त्यो हात थिचिएको ठाँउको नसालाई दबाब दिएर रगतको धमनीलाई प्रेसर परेपछि उक्त ठाँउमा रक्त संचार हुन नपाएर ति अंग को नसा बाट ति भागको सुचना मस्तिस्कले पाउन सक्दैन र हात ले काम गर्दैन ।
हाम्रो शरीर को प्रत्येक अंगहरुमा मस्तिस्कलाई सुचना दिने कोशीय फाइबर नसाहरू रहेको हुन्छन । शरीर को प्रत्येक अङगहरुको सुचना उक्त कोशीय फाइबर नसाले फरक-फरक सूचनाहरुलाई मस्तिस्कमा पुर्याउने काम गर्छ ।
उक्त कोशीय फाइबर मालिन नामक सेतो पदार्थ बाट बनेको एक प्रकारको झिल्ली हो । यही झिल्ली मा दबाब पर्ने बित्तिकै मस्तिस्कको त्यो भाग भन्दा मुनि रहेको भागको संचार कम्युनिकेसन टुट्ने गर्छ र त्यो अङगको बारेमा केही जानकारी लिन मस्तिस्क ले सक्दैन र हात खुट्टा निदाएको समय चिमोट्दा पनि नदुख्ने हुन्छ । विशेष गरी रगत संचालन हुन नपाएर रक्तनली बाट अक्सिजन को सप्लाइ हात खुट्टामा पुग्न नसकेर हात खुट्टा ले अक्सिजन पाउनको लागी प्रतिक्रिया गर्न सुरु गर्छ र मस्तिष्कमा एक प्रकारको झमझम भएको संकेत महसुस हुन्छ र हामी उठेर हिड्न हातखुट्टा तन्काउन सुरु गर्छौं । यही कारण ले गर्दा हात, खुट्टा निदाउँदा झमझम हुने गर्दछ ।