काठमाडौं । भोटेकोशी बाढीमा परेर ज्यान गुमाएका नागरिकको सम्झानामा राष्ट्रिय शोक घोषणा गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । मंगलबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् ।
नेपाली कांग्रेसका सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गरे । उनले विपद्का बेला सबै एकै साथ भएर अगाडि बढ्नुपर्ने पनि बताए ।
नेकपाकी सांसद मदन कुमारी शाह गरिमाले पनि राष्ट्रिय शोकको घोषणा गर्न माग गरिन् । ‘एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक कोषणा गर्न माग गर्दछु’ उनले भनिन् ।
धनी र विकसित मुलुकले गरेको गलत कार्यले जलवायु परिवर्तन भएको र यसको असर नेपाल जस्ता मुलुकले भोग्नुपरेको भनेर उनले यो विषयलाई अन्तराष्ट्रियकरण गर्न आवश्यक रहेको बताइन् ।