सोमवार, आश्विन ५ गते २०८३

रामकुमारीको प्रश्न – अध्यक्षलाई मात्रै हटाएर पार्टी पुनर्गठन हुन्छ ?

आइतवार , भाद्र ७, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेतृ नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठन अभियानप्रति कटाक्ष गरेकी छिन् । उक्त अभियानलाई आफूले नबुझेको पनि उनले बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष केपी शर्मा ओलीको पक्षधरता लिँदै पुनर्गठन अभियानबारे कटाक्ष गरेकी छन् ।

‘एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन,’ उनले लेखेकी छन् ।

सँगै, जेनजी आन्दोलनको अघिल्लो दिन सम्पन्न विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रबारे प्रश्न नउठेको समेत उल्लेख गरेकी छन् ।


उनको यस्तो स्टाटसको काउन्टररमा एमालेका युवा नेताहरूले प्रतिक्रिया लेखिरहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार