सोमवार, आश्विन ५ गते २०८३

रविलाई प्रधानमन्त्री बन्न साम्पाङ्को आग्रह

शनिवार , भाद्र ६, २०८३

IMG_3405.png
undefined

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन्। 

रास्वपाकै वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री रहेका बेला साम्पाङले सभापति लामिछानेलाई सरकार सम्हाल्न अनुरोध गरेका हुन्। 

मेयर हुँदादेखि नै बालेनको कडा आलोचक बनेका साम्पाङ अहिलेसम्म प्रधानमन्त्रीप्रति सकारात्मक हुन सकेका छैनन्। 

साम्पाङले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रविजीले तुरुन्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ। यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास। एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन अरु त उइ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार