आइतवार, श्रावण २४ गते २०८३

लाइसेन्स वितरणमा अनियमितता, यातायात कार्यालय कास्कीका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासमेत ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सवारी चालक अनुमतिपत्र वितरण गर्ने कार्यमा अनियमितता गरेको आरोपमा आयोगले उनीहरुविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले थापासहित सोही कार्यालयका तत्कालीन् कम्युटर अपरेटर जगत ढकाल र बागलुंगका हिमबहादुर थापाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

आयोगले प्रतिवादी सबैलाई बिगो नतोकी भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार