आइतवार, श्रावण २४ गते २०८३

निधन भइसकेका व्यक्तिसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
मुद्दा दायर गरिएकामध्ये तत्कालीन कार्यालय प्रमुख केशबहादुर कार्कीको यसअघि नै निधन भइसकेको छ । 

सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार सोही कार्यालयका खरिदार तेजनाथ पौडेल, खम्बु पासाङल्हामु मनमाया नेपालीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । 

स्वर्गीय कार्कीको हकमा भने उनका श्रीमती कमला कार्कीलाई प्रतिवादी बनाइएको छ । आयोगले नेपालीबाहेक अन्य प्रतिवादीलाई जनही १९ लाख ९० हजार ५७५ बिगो कायम गरि भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार