गगनसिंह थापाको “महाप्रलय” बजारमा आउदै



काठमाडौं : आख्यानकार गगनसिंह थापाको छैटौं कृति “महाप्रलय” उपन्यास भाद्रको पहिलो साता बजारमा आउदै छ । सुदुर पश्चिम कैलालीको टिकापुर घर भएका ७१ वर्षिय साहित्यकार थापाका यस अघि सोह्र सौगात, कर्णालीको छेउछाउ, मेरो मधुशाला, पुर्खाको चिट्ठी र उज्ज्वली उपान्यासहरु प्रकाशित छन । महाप्रलयमा विध्वंसकारी हातहतियार द्वारा संसारको प्रलय भएको दर्दनाक परिकल्पनाको कथा र पुनर्निर्माणको प्रारम्भको प्रयासका बारेमा रोचक शैलीमा लेखिएको छ । सुदुर पश्चिम र कर्णाली भेगका आंचलिक लोक सस्कृती र भाषा शैली थापाका कृतिहरुका खास बिशेषता रहेका हुन्छन । पुस्तक साङ्रीला बुक्सले प्रकाशन गरि रहेको छ ।