पहिरोमा पुरिएर दार्चुलामा श्रीमान–श्रीमती बेपत्ता, छोरा भागेर बाँचे



दार्चुला : पहिरोले पुरिएर दुहु गाउँपालिका–३ स्थित सल्लीखेतीमा दुईजना बेपत्ता भएका छन्।

मंगलबार बिहान आएको पहिरोले पुरिएर ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदमबहादुर विष्टले जानकारी दिए। जोशीका छोरा भागेर बाच्न सफल भएका छन्।

नेपाल प्रहरी र स्थानीयवासीले विहानैदेखि बेपत्ताको खोजी गरिरहेका छन्। अहिले पनि घटनास्थलमा पानी परिरहेको र ठूलो पहिरो खसेका कारण उद्धार कार्यमा समस्या भएको डिएसपी विष्टले बताए। पहिरोमा एउटा भैसी र चार वटा बाख्रा पनि पुरिएका छन्।